तनहुँमा २४ घण्टामा दुई सवारी दुर्घटना, तीन जना घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा २४ घण्टामा दुई सवारी दुर्घटना, तीन जना घाइते

    खबरपुञ्ज संवाददाता

    ९ असार २०८३, बुधबार

    दमौली, १० असार । तनहुँ जिल्लाको पोखरा–मुग्लिङ सडक खण्ड अन्तर्गत पृथ्वीराजमार्गमा पछिल्लो २४ घण्टामा दुई वटा सवारी दुर्घटना भएका छन्। असार ९ गते बिहान ६ बजेदेखि असार १० गते बिहान ६ बजेसम्मको अवधिमा भएका दुर्घटनामा तीन जना घाइते भएका छन्।

    जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार घाइतेमध्ये एक जनाको अवस्था मध्यम रहेको छ भने दुई जनालाई सामान्य चोट लागेको छ। घाइतेमध्ये एक जना उपचाररत रहेका छन् भने दुई जना उपचारपछि डिस्चार्ज भएका छन्। दुर्घटनामा दुई वटा सवारी साधनमा क्षति पुगेको छ, जसमा एक ट्रक र एक ट्याङ्कर रहेका छन्।

    यसैबीच, भानु नगरपालिका–३ चाम्बासस्थित डुम्रे–बेँसीशहर भित्री सडक खण्डमा मिनीबस र मोटरसाइकल ठोक्किँदा एक जना घाइते भएका छन्। बेँसीशहरबाट डुम्रेतर्फ जाँदै गरेको ग १ ख ५७५३ नम्बरको मिनीबसले विपरीत दिशाबाट आउँदै गरेको ग १० प २१७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

    दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ।

    प्रहरीले सवारी चालकलाई गति नियन्त्रणमा राख्न, ट्राफिक नियमको पालना गर्न तथा वर्षायाममा थप सावधानी अपनाउन आग्रह गरेको छ।