बिहानीमै चालक सचेतना अभियान, १७८ चालकलाई ट्राफिक नियमबारे जानकारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बिहानीमै चालक सचेतना अभियान, १७८ चालकलाई ट्राफिक नियमबारे जानकारी

    खबरपुञ्ज संवाददाता

    १० असार २०८३, बिहीबार

    दमौली, ११ असार । बिहानीको समयमा बढ्दै गइरहेको सवारी दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले संयुक्त रूपमा पोखरा–मुग्लिङ सडक खण्डमा चालक सचेतना कार्यक्रम सञ्चालन गरेका छन्।

    आज बिहान ४ बजेदेखि सञ्चालन गरिएको अभियानअन्तर्गत २५ वटा दुईपांग्रे, ४१ वटा चारपांग्रे तथा ११२ वटा ठूला सवारी साधनका चालकलाई सडकको अवस्था, लेन अनुशासन, सुरक्षित गति, ट्राफिक नियमको पालना तथा दुर्घटना न्यूनीकरण सम्बन्धी जानकारी र सचेतना प्रदान गरिएको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बिहानको समयमा निद्रा, थकान तथा लापरवाहीका कारण दुर्घटनाको जोखिम बढी हुने भएकाले चालकलाई सचेत गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए। उनले ट्राफिक नियमको पूर्ण पालना, सवारी चलाउँदा आवश्यक सावधानी अपनाउन तथा यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्न चालकहरूलाई आग्रह गरे।

    प्रहरीका अनुसार दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राको सुनिश्चितताका लागि यस्ता चालक सचेतना कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ।