पूजा सामग्रीको घिउ खाँदा गुरुकुलका ९ बटुक बिरामी, खाद्यान्न सामग्री परीक्षणको माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पूजा सामग्रीको घिउ खाँदा गुरुकुलका ९ बटुक बिरामी, खाद्यान्न सामग्री परीक्षणको माग

    खबरपुञ्ज संवाददाता

    १० असार २०८३, बिहीबार

    दमाैली, ११ असार । तनहुँको बन्दीपुरस्थित ओमकार आयुर्वेद गुरुकुलका ९ जना बटुक पूजा सामग्रीका रूपमा प्रयोग गरिएको घिउ सेवन गरेपछि बिरामी परेका छन्। बिरामी परेका बटुकहरूलाई उपचारका लागि बन्दीपुर अस्पताल लगिएको छ।

    डुम्रेस्थित एक पूजा सामग्रीबाट खरिद गरी लगिएकाे घिउ सेवन गरेलगत्तै केही बटुकहरूमा स्वास्थ्य समस्या देखिन थालेपछि उनीहरूलाई तत्काल उपचारका लागि अस्पताल पठाइएको हो।

    सराेकारवालाले उक्त घिउसहित प्रयोग भएका खाद्यान्न सामग्रीको गुणस्तर परीक्षण गर्न माग गरेका छन्।