स्वकीय सचिवको तलबभत्ता पनि सामाजिक सेवामा खर्च गर्ने सांसद श्रीराम न्यौपानेको घोषणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    स्वकीय सचिवको तलबभत्ता पनि सामाजिक सेवामा खर्च गर्ने सांसद श्रीराम न्यौपानेको घोषणा

    खबरपुञ्ज संवाददाता

    २ श्रावण २०८३, आईतवार

    दमौली, ३ साउन । तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले आफ्ना स्वकीय सचिवले प्राप्त गर्ने तलबभत्तासमेत सामाजिक कार्यमा खर्च गर्ने घोषणा गरेका छन्।

    सांसद न्यौपानेले स्वकीय सचिवले पाउने सम्पूर्ण तलबभत्ता तनहुँ क्षेत्र नं. १ मा विभिन्न सामाजिक तथा जनहितका कार्यक्रममा खर्च गरिने जानकारी दिएका छन्। यसअघि पनि उनले सांसदका रूपमा आफूले प्राप्त गर्ने पारिश्रमिक तथा सुविधा निर्वाचन क्षेत्रमा शिक्षा, स्वास्थ्य, सामाजिक सहायता तथा अन्य जनकल्याणकारी गतिविधिमा खर्च गर्दै आएका छन्।

    उनको यस निर्णयले सार्वजनिक पदबाट प्राप्त सुविधालाई व्यक्तिगत उपयोगभन्दा समाजसेवामा केन्द्रित गर्ने प्रतिबद्धतालाई थप बल पुगेको छ ।