


दमौली, ४ साउन । तनहुँका कराते प्रशिक्षक मनोज श्रेष्ठले एसियाली कराते महासंघ (एकेएफ) बाट आधिकारिक रूपमा कुमिते प्रशिक्षकको मान्यता प्राप्त गरेका छन्।
श्रेष्ठले प्राप्त गरेको यस मान्यतासँगै तनहुँ जिल्ला मात्र होइन, नेपाली कराते क्षेत्रले पनि अन्तर्राष्ट्रिय स्तरमा नयाँ उपलब्धि हासिल गरेको छ।
लामो समयदेखि कराते प्रशिक्षण, खेलाडी उत्पादन तथा खेलको विकासमा सक्रिय श्रेष्ठको मेहनत, अनुशासन र करातेप्रतिको समर्पणको कदरस्वरूप उनलाई यो मान्यता प्रदान गरिएको हो। यस उपलब्धिले नेपाली करातेको अन्तर्राष्ट्रिय पहिचान थप मजबुत हुनुका साथै नयाँ पुस्ताका खेलाडीलाई प्रेरणा मिल्ने विश्वास गरिएको छ।