अविरल वर्षाले तनहुँमा दुईतले कच्ची घरको गारो भत्कियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अविरल वर्षाले तनहुँमा दुईतले कच्ची घरको गारो भत्कियो

    खबरपुञ्ज संवाददाता

    ४ श्रावण २०८३, मंगलवार

    दमाैली ५ साउन । तनहुँको भानु नगरपालिका–४ चुदीबेशीस्थित भानुभक्त टोलमा अविरल वर्षाका कारण एक दुईतले कच्ची घरको गारो भत्किएको छ। मङ्गलबार बिहान करिब ६ बजे श्यामकुमार श्रेष्ठको ढुंगा–माटोले बनेको टिनले छाएको घरको दाहिनेतर्फको गारो भत्किएको हो।

    प्रहरीका अनुसार घटनाको जानकारी बिहान ९:२० बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भानुबाट टोली घटनास्थलमा पुगेको थियो।घर रेखदेख गर्दै आएका ५८ वर्षीय कृष्ण भुजेलसहित दुई जनालाई सुरक्षित रूपमा भानु–४ स्थित सेपा बगैंचामा रहेको छोराको घरमा सारिएको छ। घटनामा कुनै मानवीय वा चौपाया क्षति भएको छैन।