


दमाैली ५ साउन । तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा आज यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइते मध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अपराह्न ३ः१५ बजे कलेस्तीबाट दमौलीतर्फ आउँदै गरेको ग१ख ६४६५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा कलेस्ती खोलाको पुलमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा चालक शम्सेर नेपाली चालक सिटमै च्यापिएर गम्भीर घाइते भएका थिए । सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको कमाण्डमा ट्राफिक प्रहरीसहित १७ जना प्रहरी टोली घटनास्थल पुगेको थियो ।
रत्नहरीअस्पताल तनहुमामा उपचार भईरहेको घाईतेहरु:-
१, चालक जिल्ला तनहुँ ब्यास २ बस्ने बर्ष २६ को शम्शेर परियार, बाया खुट्टा, छाती,घाट रटाउकोमा चोट बोल्न सक्ने सिरियस,
२, ऐ.ऐ. ४ बस्ने बर्ष ६० की श्रीमाया परियार निधारमा चोट सामान्य
३, जिल्ला लमजुङ मध्यनेपाल १ बस्ने बर्ष ३५ की शान्ता गौतम निधार र दाया हातमा चोट सामान्य,
४, ऐ. ४ बस्ने बर्ष ३२ की निरा गौतम मुखमा चोट सामान्य,
५, ऐ. बस्ने बर्ष २९ की सुस्मिता साही सामान्य,
६,जिल्ला तनहुँ ब्यास न.पा. ११ थुम्की बस्ने बर्ष ६० की चन्द्र माया गुरुङ निधार दुबै हातमा चोट सामान्य,
७,ऐ.ऐ. २ बस्ने बर्ष ४७ की अनिता गुरुङ सामान्य,
८,ऐ.ऐ. बस्ने बर्ष ४९ की बिन्दु गुरुङ बाया हात, दुबै घोडामा चोट सामान्य,
९,जि. कास्की रुपा गा.पा. १ बस्ने बर्ष ५० की स्वस्तिकला खनाल बाया घुडा र दाहिने हात समान्य,
१० जिल्ला तनहुँ ब्यास ६ बस्ने बर्ष २७ की सुजिता पौडेल बाया धुडा र गालामा चोट सामान्य,
११, ऐ.ऐ.१ बस्ने बर्ष ८ की सान्भि गिरि दाहिने गालामा चोट, सामान्य,
१२, ऐ.ऐ. बस्ने बर्ष ४० की दिपा खान बाया हात खुट्टामा चोट सामान्य,
१३, ऐ.ऐ. बस्ने बर्ष ५१ की सिता नेपाली अनुहारमा चोट सामान्य,
१४, ऐ.ऐ. बस्ने बर्ष ३५ की हिरा मल्ल निधार मा चोट सामान्य,
१५, ऐ.ऐ. बस्ने बर्ष ४४ की नुनिमाया थापा नाक र मुखमा चोट सामान्य,
बाटो सुचारू रहेको, बस हटाउने काम भई रहेको।