तनहुँमा प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    ५ श्रावण २०८३, बुधबार

    दमौली, ६ साउन । तनहुँ प्रहरीले प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

    व्यास नगरपालिका–४ मा बुधबार चेकजॉचका क्रममा एक पुरुषको साथबाट नोर्फिनोफिन २ एम्पुल, डाइजेपाम २ एम्पुल र फेनारागन २ एम्पुल गरी ६ एम्पुल प्रतिबन्धित लागुऔषध बरामद गरिएको हो।

    त्यसपछि सोही स्थानका अर्का एक पुरुषको डेरा कोठामा कानुनी प्रक्रिया पूरा गरी गरिएको खानतलासीका क्रममा नोर्फिनोफिन ४ एम्पुल, डाइजेपाम १ एम्पुल तथा नाइट्रोजेपाम ६३ ट्याब्लेट फेला पारेर प्रहरीले बरामद गरेको जनाएको छ।

    बरामद लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमति प्राप्त गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।