फैसला कार्यान्वयनका क्रममा फरार प्रतिवादी पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    फैसला कार्यान्वयनका क्रममा फरार प्रतिवादी पक्राउ

    खबरपुञ्ज संवाददाता

    ११ श्रावण २०८३, मंगलवार

    दमौली, १२ साउन । तनहुँ प्रहरीले अदालतको फैसला कार्यान्वयनका क्रममा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार जिल्ला अदालत तनहुँबाट लागुऔषध (गाँजा) सम्बन्धी कसुरमा १ वर्ष कैद सजाय र रु १० हजार जरिवाना तोकिएका प्रतिवादी फरार रहेका थिए। मंगलबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

    पक्राउ परेका प्रतिवादीलाई जिल्ला अदालत तनहुँमा उपस्थित गराइएपछि सजाय भुक्तानका लागि जिल्ला कारागार कार्यालय तनहुँ चलान गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिएका छन्।