


दमाैली १३ साउन । तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले ऊर्जा तथा पूर्वाधार क्षेत्रमा आफूले ३७ वर्षको अवधिमा हासिल गरेको अनुभव र कार्यसम्पादनले नतिजा दिन सक्षम रहेको बताएका छन्।
सांसद न्यौपानेले ७ वर्ष इन्जिनियरिङ अध्ययन, १४ वर्ष इन्जिनियरिङ विषय अध्यापन, १४ वर्ष ऊर्जा तथा पूर्वाधार क्षेत्रमा प्रत्यक्ष फिल्डमा काम तथा २ वर्ष ऊर्जा नीति निर्माण तहमा योगदान दिएको उल्लेख गर्दै यी सबै अनुभवले आफूलाई परिणाममुखी रूपमा काम गर्न सक्षम बनाएको दाबी गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्, “कुल ३७ वर्षमा हरेक क्षेत्रमा हासिल गरेको उत्कृष्ट नतिजा र अनुभवले मलाई यो क्षेत्रमा नतिजा निकाल्न सक्षम बनाएको छ। त्यसैले मलाई सल्लाहकार चाहिँदैन।”