रास्वपा व्यास नगर समितिद्वारा नौ वटा विभाग गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रास्वपा व्यास नगर समितिद्वारा नौ वटा विभाग गठन

    खबरपुञ्ज संवाददाता

    १२ श्रावण २०८३, बुधबार

    दमौली, १३ साउन । रास्वपा व्यास नगर समितिले नौ वटा विभाग गठन गरी नेताहरुलाई जिम्मेवारी दिएको छ । नगर समितिको गत असार २७ गते सम्पन्न बैठकले सङ्गठनलाई व्यवस्थित र जनमुखी बनाउने उद्धेश्यका साथ विभिन्न विभाग गठन गरेको हो ।

    नगर समिति अन्तर्गत विभिन्न विषयगत विभाग गठन गरी सम्बन्धित विभागका प्रमुख, उपप्रमुख, सचिव तथा सदस्यहरुको जिम्मेवारी तोकिएको नगर सभापति चुडामणि दाहालले जानकारी दिए ।

    सङ्गठन विभाग प्रमुखमा नवीन वस्ती, कृषि, भूमि व्यवस्थापन तथा सहकारी विभाग प्रमुखमा राजकुमार श्रेष्ठ, सामाजिक न्याय तथा समता प्रबद्र्धन विभाग प्रमुख मेनका रिमाल कट्टेल, आपूर्ति, बजार सुशासन तथा उपभोक्ता अधिकार विभाग प्रमुखमा मङ्गलकुमार श्रेष्ठ, शिक्षा तथा मानव पुँजी विकास विभाग सचिवमा गोपाल थापा, ¥यापिड एक्सन टिम प्रमुखमा किशोर श्रेष्ठ, युवा सशक्तीकरण तथा खेलकुद विभाग प्रमुखमा हर्कबहादुर थापा, विज्ञान सूचना प्रविधि, नवप्रवर्तन स्टार्टअप विभाग प्रमुखमा कृष्ण कार्की, उद्योग वाणिज्य तथा लगानी प्रबद्र्धन विभाग प्रमुखमा कृष्ण आचार्य तोकिएका छन् ।

    May be an image of text
    May be an image of text