


दमौली, २२ साउन ।जिल्ला प्रशासन कार्यालय तनहुँले राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवामा सेवाग्राहीको चाप बढ्दै गएपछि बिदाको दिन पनि सेवा सञ्चालन गर्ने भएको छ।
कार्यालयले शुक्रबार सूचना जारी गर्दै सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै साउन २३ गते शनिबार र २४ गते आइतबार राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा सञ्चालन गरिने जनाएको हो।
सूचनाअनुसार सेवा बिहान ९:०० बजेदेखि अपराह्न ५:०० बजेसम्म उपलब्ध हुनेछ।
कार्यालयले सेवा लिन आउने सेवाग्राहीलाई तोकिएको मितिमा कार्यालयबाट टोकन लिएर आफ्नो पालोअनुसार सेवा लिन अनुरोध गरेको छ।