भ्वाइस किड्सको सेमिफाइनलबाट बाहिरिइन् तनहुँकी सगुन पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भ्वाइस किड्सको सेमिफाइनलबाट बाहिरिइन् तनहुँकी सगुन पौडेल

    खबरपुञ्ज संवाददाता

    २२ श्रावण २०८३, शनिबार

    दमौली, २३ साउन । तनहुँकी प्रतिभाशाली गायिका सगुन पौडेल ‘द भ्वाइस किड्स नेपाल’को सेमिफाइनल चरणबाट बाहिरिएकी छन्। दर्शकको भोटका आधारमा फाइनलमा पुग्ने प्रतिस्पर्धामा सगुनले अपेक्षित मत प्राप्त गर्न नसकेपछि उनको फाइनल यात्रा रोकिएको हो।

    फाइनल पुग्न नसके पनि सगुनले यस यात्रालाई हारका रूपमा नभई सिकाइ र अनुभवका रूपमा लिएकी छन्।

    सगुनको भनाइ छ, “प्रतियोगितामा कि जितिन्छ, कि सिकिन्छ भनेर आएको हुँ। फाइनल पुग्न नसके पनि मैले धेरै कुरा सिक्ने र अनुभव बटुल्ने अवसर पाएँ। यो मेरो सांगीतिक यात्राको अन्त्य होइन, अझै लामो यात्रा बाँकी छ।”

    सानै उमेरदेखि गायनमा रुचि राख्दै आएकी सगुनले ‘द भ्वाइस किड्स’को मञ्चमार्फत आफ्नो गायन प्रतिभालाई देशभरका दर्शकमाझ प्रस्तुत गर्ने अवसर पाइन्। सेमिफाइनलसम्मको यात्राले उनलाई थप आत्मविश्वास, अनुभव र सांगीतिक पहिचान दिएको छ।