व्यास नगरपालिकाको बैठक : सार्वजनिक पेटीका संरचना हटाउन प्रक्रिया अघि बढाउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगरपालिकाको बैठक : सार्वजनिक पेटीका संरचना हटाउन प्रक्रिया अघि बढाउने

    खबरपुञ्ज संवाददाता

    २२ श्रावण २०८३, शनिबार

    दमौली, २३ साउन । व्यास नगरपालिकाको शनिबार बसेको बैठकले सार्वजनिक पेटीमा रहेका संरचना हटाउन नगरपालिकाको अनुरोधअनुसार सहयोग गर्ने सम्पूर्ण घरधनीलाई धन्यवाद ज्ञापन गरेको छ।

    बाँकी रहेका संरचना हटाउन आवश्यक प्रक्रिया अघि बढाउन कार्यालयलाई निर्देशन दिने निर्णयसमेत बैठकले गरेको छ।

    यसअघि नगरपालिकाले साउन १५ गतेभित्र त्यस्ता संरचना हटाउन सूचना जारी गरेको थियो । त्यस समयभित्र अधिकांशले आफै संरचना हटाएका छन् ।