शुक्लागण्डकीमा डिभाइडरमा मोटरसाइकल ठोक्किँदा चालक घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीमा डिभाइडरमा मोटरसाइकल ठोक्किँदा चालक घाइते

    खबरपुञ्ज संवाददाता

    २३ श्रावण २०८३, आईतवार

    दमाैली २४ साउन । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित पृथ्वीराजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालक घाइते भएका छन्।

    पोखराबाट दुलेगौंडातर्फ आउँदै गरेको ग ४ प ६२६ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो।

    दुर्घटनामा कास्कीको पोखरा महानगरपालिका–३३ निवासी ३९ वर्षीय मनबहादुर पुन घाइते भएका छन्। घाइते पुनलाई उपचारका लागि तनहुँ सेवा हस्पिटल, दुलेगौंडा लगिएको थियो।

    हस्पिटलमा प्रारम्भिक उपचारपछि थप उपचार आवश्यक देखिएपछि उनलाई पोखरा रिफर गरिएको जनाइएको छ।

    दुर्घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।