पूर्वमन्त्री गोविन्दराज जोशीले पाए सबै कैद छुट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पूर्वमन्त्री गोविन्दराज जोशीले पाए सबै कैद छुट

    खबरपुञ्ज संवाददाता

    २३ श्रावण २०८३, आईतवार

    काठमाडौं, २४ साउन । पूर्वमन्त्री गोविन्दराज जोशीले सबै कैद छुट पाएका छन्। विशेष र सर्वोच्च अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका उनी अब जेल बस्नुनपर्ने भएको हो।

    ज्येष्ठ नागरिकले पाउने कैद छुटको मागसहित उनले असार २४ गते निवेदन दिएका थिए। शुक्रबार न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले कैद सजाय छुटको आदेश दिएको हो।

    ७५ वर्षमाथिका ज्येष्ठ नागरिकले ७५ प्रतिशत कैद छुट पाउने व्यवस्था छ। अख्तियारको अनुसन्धानका क्रममा पहिल्यै ३ महिना १७ दिन थुनामा बसिसकेकाले बाँकी कैद छुटको माग गर्दै निवेदन दिएका थिए।

    आदेश बहुमतबाट भएको थियो। कारागारमा रहेकाले निवेदन दिएपछि छुट पाउने कि, कारागार नै नबसेकाले निवेदन दिएपछि पनि छुट पाउने‍ भन्नेमा न्यायाधीहरूबीच राय बाझिएको थियो ।

    न्यायाधीश पौडेल र कोइरालाले कारागार नबसे पनि कैद छुटको सुविधा पाउनसक्ने राय दिएका थिए।कारागारमा बसेकाले मात्रै निवेदन दिनुपर्ने राय न्यायाधीश रावलको थियो।

    जोशीलाई ०६९ साउन १० गते विशेष अदालतले १ वर्ष ६ महिना कैद र दुई करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ ४१ पैसा जरिवाना तोकेको थियो। त्यसको १२ वर्षपछि सर्वोच्च अदालतले विशेषको फैसला केही उल्ट्याउँदै ०८१ साउन १३ गते ९ महिना कैद र ६९ लाख २६ हजार २३८ रुपैयाँ जरिवाना तोकेको थियो। सर्वोच्च अदालतबाट कैद र जरिवाना तोकिए पनि उनले सजाय भुक्तान गरेका थिएनन्।