


धादिङ, २४ साउन । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा हायस, टिफर, ट्याक्सी र स्कुटर एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्।
दुर्घटनामा आँबुखैरेनी गाउँपालिका–१, तनहुँका ४७ वर्षीय शिव थापासहित धादिङ गजुरी–८ का ६५ वर्षीय कुलप्रसाद ढुङ्गाना र गोरखा नगरपालिका–१३ की ३६ वर्षीया सरस्वती श्रेष्ठ घाइते भएका हुन्।
काठमाडौं–पोखरा चल्ने हायस र विपरीत दिशाबाट आउँदै गरेको टिफर ठोक्किएपछि टिफरको पछाडि ट्याक्सी र स्कुटरसमेत ठोक्किएका थिए।
घाइते तीनै जनालाई धार्केस्थित साइबाबा सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ।