बागमती प्रदेशको मुख्यमन्त्रीमा किरणले गरे दाबी पेस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरणले गरे दाबी पेस

    खबरपुञ्ज संवाददाता

    २ भाद्र २०८३, बुधबार

    काठमाडाै ३ भदाै । नेकपा एमालेका नेता किरण थापा मगरले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।

    प्रदेश सरकार गठनका लागि राप्रपाका १२ सांसदले समर्थन गर्ने सहमति भएपछि एमालेका किरण थापामगरले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

    एमाले र नेकपाबीच यसअघि नै सहमति भएको थियो। आज राप्रपाले पनि समर्थन जनाएपछि बहुमतसहित मुख्यमन्त्रीको दाबी पेस गरिएको हो।

    एमालेको तर्फबाट मुख्यमन्त्रीको उम्मेदवार बनेका थापाले एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सहित ६३ सांसदको समर्थनमा सरकार गठनका लागि बुधबार दाबी पेस गरेका हुन् ।