सेती नदी किनारमा शव फेला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सेती नदी किनारमा शव फेला

    खबरपुञ्ज संवाददाता

    २ भाद्र २०८३, बुधबार

    दमाैली ३ भदाै । तनहुँको शुक्लागण्डकी नगरपालिका–८, पुल्चोकस्थित सेती नदी किनारमा आज दिउँसो एक पुरुषको शव फेला परेको छ । ढोरफिर्दी जाने पुलको करिब एक सय मिटर तल नदी किनारमा शव फेला परेको हो ।

    स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान हुन सकेको छैन। प्रारम्भिक अनुमानअनुसार उक्त शव कास्कीबाट नदीले बगाएर ल्याएको हुन सक्ने अनुमान गरिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।