मुग्लिङ–पोखरा सडकखण्डमा चालक सचेतना कार्यक्रम निरन्तर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मुग्लिङ–पोखरा सडकखण्डमा चालक सचेतना कार्यक्रम निरन्तर

    खबरपुञ्ज संवाददाता

    ३ भाद्र २०८३, बिहीबार

    तनहुँ, ४ भदौ । मुग्लिङ–पोखरा सडकखण्डमा हुन सक्ने सवारी दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले संयुक्त रूपमा चालक सचेतना कार्यक्रमलाई निरन्तरता दिएका छन्।

    बिहीबार बिहान ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गरिएको चेकजॉचमा विभिन्न सवारी साधनका चालकलाई सडकको अवस्था, मौसम, लेन अनुशासन तथा ट्राफिक नियमको पालना सम्बन्धमा सम्झाइबुझाइ गरिएको प्रहरीले जनाएको छ।

    त्यसक्रममा दुई पाङ्ग्रे २४ वटा, चार पाङ्ग्रे साना ३२ वटा र ठूला ६० वटा गरी जम्मा ११६ वटा सवारी साधनका चालकलाई सचेतना प्रदान गरिएको छ।

    यसैबीच, भदौ १ गते बिहान ६ बजेदेखि भदौ ४ गते बिहान ६ बजेसम्म तनहुँ जिल्लाअन्तर्गत पृथ्वीराजमार्गको पोखरा–मुग्लिङ सडकखण्डमा कुनै पनि सवारी दुर्घटना नभएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

    सडकको अवस्था, मौसम र सवारी चापलाई ध्यानमा राख्दै चालक सचेतना तथा निगरानीलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।