नेपाल प्रहरी विशेष सुरक्षा गणमा चाँदमारी अभ्यास सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेपाल प्रहरी विशेष सुरक्षा गणमा चाँदमारी अभ्यास सम्पन्न

    खबरपुञ्ज संवाददाता

    ३ भाद्र २०८३, बिहीबार

    तनहुँ ४ भदाै। नेपाल प्रहरी विशेष सुरक्षा गण बेलचौतारामा कार्यरत प्रहरी कर्मचारीहरूको व्यावसायिक दक्षता तथा हातहतियार सञ्चालनसम्बन्धी सीप अभिवृद्धि गर्ने उद्देश्यले चाँदमारी अभ्यास सम्पन्न गरिएको छ।

    गण प्रमुख महेश थापाको उपस्थितिमा तालुक गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, पोखराको फायरिङ रेञ्जमा चाँदमारी अभ्यास सञ्चालन गरिएको हो।अभ्यासमार्फत प्रहरी कर्मचारीहरूको हातहतियार सञ्चालन सीप, फायरिङ क्षमता, अनुशासन, आत्मविश्वास तथा व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो।

    नियमित अभ्यासले प्रहरी कर्मचारीलाई जिम्मेवारी निर्वाहका क्रममा आवश्यक पर्ने सुरक्षा तथा व्यावसायिक सीपलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताइएको छ।प्रहरी सेवामा कार्यरत कर्मचारीको दक्षता अभिवृद्धिका लागि यस्ता अभ्यासलाई नियमित रूपमा सञ्चालन गर्दै लैजाने क्रममा चाँदमारी अभ्यास गरिएको गणले जनाएको छ।

    अभ्यासमा सहभागी प्रहरी कर्मचारीहरूले निर्धारित सुरक्षा मापदण्ड र अनुशासन पालना गर्दै फायरिङ अभ्यास गरेका थिए।विशेष सुरक्षा जिम्मेवारीमा खटिने प्रहरी कर्मचारीहरूको कार्यक्षमता, आत्मविश्वास र व्यावसायिक तयारीलाई थप मजबुत बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त अभ्यासलाई नियमित प्रशिक्षण तथा क्षमता विकासको महत्वपूर्ण पक्षका रूपमा लिइएको छ।