उत्तरशीला लाइनमा अचेत अवस्थामा भेटिएका पुरुषको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    उत्तरशीला लाइनमा अचेत अवस्थामा भेटिएका पुरुषको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ३ भाद्र २०८३, बिहीबार

    दमौली, ४ भदौ । तनहुँको व्यास नगरपालिका–२, उत्तरशिला लाइनमा बिहीबार अचेत अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

    स्थानीयवासीले अचेत अवस्थामा फेला पारेका अन्दाजी ५०÷५५ वर्षीय पुरुषलाई तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएको थियो । अस्पतालमा उपचारमा संलग्न चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

    मृतकको नाम, थर र ठेगाना हालसम्म खुल्न सकेको छैन । प्रनाउ घिमिरेका अनुसार निजले कालो सर्ट, हरियो टी–सर्ट, निलो जिन्स पाइन्ट, कालो कट्टु र ‘बाउण्स’ लेखिएको निलो स्पोट्र्स जुत्ता लगाएका थिए । उनको उचाइ करिब ५ फिट ७ इन्च रहेको र कपाल हल्का फुलेको प्रहरीले जनाएको छ ।