तनहुँमा सर्च एण्ड स्वीप अपरेसन, ७ शंकास्पद व्यक्ति नियन्त्रणमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा सर्च एण्ड स्वीप अपरेसन, ७ शंकास्पद व्यक्ति नियन्त्रणमा

    खबरपुञ्ज संवाददाता

    ४ भाद्र २०८३, शुक्रबार

    तनहुँ, ५ भदौ । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाइबाट खटिएको प्रहरी टोलीले विभिन्न अपराध तथा गैरकानुनी गतिविधि नियन्त्रणका लागि सञ्चालन गरेको सर्च एण्ड स्वीप अपरेसनका क्रममा ७ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

    बिहीबार सञ्चालन गरिएको उक्त अभियानअन्तर्गत लागुऔषध नियन्त्रण, अवैध मदिरा नियन्त्रण, शान्ति सुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोतसाधनको अनधिकृत प्रयोग नियन्त्रणलगायतका विषयमा प्रहरीले खोजतलास तथा निगरानी बढाएको थियो।

    अपरेसनका क्रममा नियन्त्रणमा लिइएका ७ जनामध्ये ३ जनालाई आवश्यक अनुसन्धानपछि आफन्तको जिम्मा लगाई छाडिएको प्रहरीले जनाएको छ। बाँकी ४ जनामाथि भने थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले बताए ।

    प्रहरीले जिल्लामा आपराधिक तथा गैरकानुनी गतिविधि नियन्त्रणका लागि यस्ता सर्च एण्ड स्वीप अपरेसनलाई निरन्तरता दिने जनाएको छ।