भारतीय स्वतन्त्रता दिवसको अवसरमा दमौलीमा साङ्गीतिक कार्यक्रम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भारतीय स्वतन्त्रता दिवसको अवसरमा दमौलीमा साङ्गीतिक कार्यक्रम

    खबरपुञ्ज संवाददाता

    ५ भाद्र २०८३, शनिबार

    दमौली, ६ भदौ । भारतको ८०औँ स्वतन्त्रता दिवसको अवसरमा शुक्रबार दमौलीमा आयोजित विशेष साङ्गीतिक कार्यक्रममा गायक राजेश पाण्डेले प्रस्तुति दिएका छन् । काठमाडौंस्थित भारतीय दूतावासको आयोजना र इन्डियन काउन्सिल फर कल्चरल रिलेसन्सको सहयोगमा आयोजित कार्यक्रममा पाण्डेले आफ्ना चर्चित गीत प्रस्तुत गरेका हुन् ।

    उनका प्रस्तुतिले कार्यक्रममा उपस्थित दर्शक तथा सर्वसाधारणलाई मनोरञ्जनसँगै सांस्कृतिक अनुभूति प्रदान गरेको थियो । स्वतन्त्रता दिवसको अवसर पारेर नेपालमा आयोजना गरिएका विभिन्न सांस्कृतिक कार्यक्रममा समेत पाण्डेले सहभागिता जनाइसकेका छन् । उनले काठमाडौंस्थित भारतीय दूतावास तथा कपिलवस्तुमा आयोजित भव्य साङ्गीतिक साँझमा समेत आफ्नो प्रस्तुति दिएका थिए ।

    May be an image of one or more people, dais and text

    कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मी, व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरै लगायत जनप्रतिनिधि, विभिन्न क्षेत्रका व्यक्तित्व तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

    नेपालमा भारतीय स्वतन्त्रता दिवसका अवसरमा आयोजना गरिने यस्ता सांस्कृतिक कार्यक्रमले दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप बलियो बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ ।