दुईपिप्लेमा साहसी बालक र उद्धारकर्तालाई सम्मान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    दुईपिप्लेमा साहसी बालक र उद्धारकर्तालाई सम्मान

    खबरपुञ्ज संवाददाता

    ५ भाद्र २०८३, शनिबार

    लमजुङ ६ भदाै। तनहुँ सीमा रिस्तीखोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएका मध्यनेपाल नगरपालिका–४, सानो कुमाल गाउँका सोमोलन कुमालको उद्धार गर्ने साहसी बालकद्वय आर्बिन आले र सुदेश विक तथा कृत्रिम श्वासप्रश्वास दिएर उनको ज्यान बचाउन सहयोग गर्ने सचिनबहादुर कट्टेल क्षेत्रीलाई सम्मान गरिएको छ।

    भूतपूर्व सैनिक कल्याणकारी समिति रम्घा–दुईपिप्ले र मध्यनेपाल–४ को संयुक्त आयोजनामा दुईपिप्ले चोकमा आयोजित कार्यक्रममा वडा अध्यक्ष रामबहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा उनीहरूलाई सम्मान गरिएको हो।

    तस्बिर : सुरज गुरुङ