


तनहुँ, ६ भदौ । तनहुँको ऋषिङ गाउँपालिका–१ बेतेनीस्थित सेती नदीमा ट्रिपर खसेको आशंका गरिएको छ। शनिबार दिउँसो करिब २ बजे नदीको पानीको बहावमा ट्रिपरको ढाला मात्र देखिएको सूचना स्थानीयले प्रहरीलाई दिएपछि जिल्ला प्रहरी कार्यालय तनहुँबाट टोली घटनास्थल पुगेको थियो।
प्रहरीका अनुसार उक्त ट्रिपर कालिका हाइड्रोपावरको ना १ क ७२४७ नम्बरको रहेको खुलेको छ। ट्रिपरका चालक हाल सम्पर्कविहीन रहेकाले खोजतलास भइरहेको छ।