


मुस्ताङ ६ भदाै । प्रधानमन्त्री बालेन्द्र शाहले आज साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको दर्शन गरेका छन् ।
शुक्रबार काठमाडौँबाट निजी भ्रमणमा निस्किएका प्रधानमन्त्री शाह दिउँसो ३ बजे बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङको जोमसोम आइपुगेका थिए । बेनी-जोमसोम सडकमार्ग हुँदै मुस्ताङ आएका प्रधानमन्त्री शाह घरपझोङ–३ स्थित पुथाङ एयरपोर्टको होटल ओम्स होममा बसेका थिए ।
सडकमार्ग हुँदै मुस्ताङ आएका प्रधानमन्त्री शाह होटल ओम्स होममा साँढे तीन घण्टा आराम गरी मुक्तिनाथ दर्शनका लागि प्रस्थान गरेका थिए । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाहले शनिबार साँझ मुक्तिनाथको दर्शन गरी जोमसोम फर्किएका छन् ।
मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले प्रधानमन्त्री शाह शनिबार साँझ ७ः३० बजे मुक्तिनाथ मन्दिरमा प्रवेश गरेका थिए । व्यवस्थापक भुसालका अनुसार प्रधानमन्त्रीले साँझ ८ः०० बजेसम्म मन्दिरमा रहेर पुजाअर्चना गरेका थिए ।