


चितवन, ७ भदौ । चितवनमा ट्रक र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ। आज विहान ५:५० बजेको समयमा भरतपुर-१ आपटारीमा नारायणगढबाट रामनगर तर्फ जादै गरेको बा ८० प ७०७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ विपरीत दिशाबाट आउदै गरेको बागमती प्रदेश ०३००१ ख ३५३० नम्वरको ट्रकको अगाडी भागमा ठोक्किएको थियो ।
सोही क्रममा रामनगरबाट आपटारी तर्फ जाँदै गरेको HRO5BJ 0466 नम्बरको इन्डियन कार समेत ट्रकको पछाडी ठोक्किन पुगेको थियो ।
दुर्घटनामा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको छ । गम्भीर घाइते भएका मोटरसाइकल चालक भरतपुर-१३ बस्ने बर्ष अ.२०/२१ को संदेश विष्टको उपचारको क्रममा विहान ६:५३ बजेको समयमा चितवन मेडिकल कलेजमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा पछाडि सवार तनहुको भानु नगरपालिका-७ बस्ने बर्ष १९ पुकार श्रेष्ठ गम्भीर घाइते भएका छन् । टाउकोमा चोट लागेका श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
प्रहरीले दुर्घटना परेका तीन वटै सवारी साधन र ट्रक चालक मकवानपुरको हेटौडा-१८ बस्ने वर्ष ३६ का बुद्ध लामालाई नियन्त्रणमा लिएको छ ।