


काठमाडौं १० भदाै। प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय समकक्षी नरेन्द्र मोदीले फोन सम्पर्क गरेका छन् । भोटेकोशी बाढीले उत्पन्न गरेको विनाशलाई लिएर उनले चासो र चिन्ता व्यक्त गरे ।
प्रधानमन्त्रीका प्रेस संयोजक सुरेन्द्र बजगाईंका अनुसार मोदीले नेपाललाई आवश्यक सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाएका छन् ।
उनले केहीबेरअघि सामाजिक सञ्जालमा एक पोस्ट गर्दै बाढिले नेपालमा पुर्याएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गरेका थिए ।
‘यस कठिन समयमा भारतका जनता नेपालका दिदीबहिनी तथा दाजुभाइहरूसँग ऐक्यबद्ध भएर उभिएका छन्,’ उनले लेखेका छन् ।
भारत नेपाललाई सम्भव सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार रहेको मोदीको प्रतिवद्धता छ ।
उद्धार तथा राहत कार्यका लागि भारतीय टोलीहरूले नेपाली पक्षसँग नजिकबाट समन्वय गरिरहेको समेत उनले बताएका छन् ।