त्रिशूली बाढीमा बगाएर ल्याइएका ९ शव पोखरा पठाइयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    त्रिशूली बाढीमा बगाएर ल्याइएका ९ शव पोखरा पठाइयो

    खबरपुञ्ज संवाददाता

    १० भाद्र २०८३, बिहीबार

    तनहुँ, ११ भदौ । रसुवा भोटेकोशी बाढीले त्रिशूली नदीमा बगाएर ल्याएका तनहुँमा भेटिएका नौवटा शवको कानुनी प्रक्रिया पूरा गरी गण्डकी अस्पताल पोखराको शवगृहमा राखिएको छ।

    बाढीपछि बेपत्ता तथा सम्भावित शवको खोजी तथा उद्धारका लागि आज पनि प्रहरी निरीक्षक प्रदीप सुवेदी र प्रहरी निरीक्षक आषिस पोखरेलको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको छ।

    नदी तथा आसपासका क्षेत्रमा शव फेला परेमा वा प्रहरी सेवाको आवश्यकता परेमा प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेको मोबाइल नम्बर ९८५६०६२२५५ वा जिल्ला प्रहरी कार्यालय तनहुँको ९८५६०९०१७८ मा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ।