वाराही रजवाम युवा क्लबद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    वाराही रजवाम युवा क्लबद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

    खबरपुञ्ज संवाददाता

    १० भाद्र २०८३, बिहीबार

    तनहुँ ११ भदाै। भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि व्यास–१४ छाब्दीस्थित वाराही रजवाम युवा क्लबले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १० हजार सहयोग गरेको छ।बाढीबाट ठूलो जनधनको क्षति भएको र उद्धार कार्य जारी रहेको अवस्थामा क्लबले विपद्मा परेकालाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरेको हो।

    क्लबले उद्धार तथा राहतमा खटिएका सम्पूर्ण व्यक्ति तथा निकायलाई धन्यवाद दिँदै बेपत्ताको सकुशल उद्धार र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।क्लबले विपद्को यस दुःखद् घडीमा सबैलाई सहयोग र एकताका साथ राहत तथा उद्धार अभियानमा जुट्नसमेत अपिल गरेको छ।