भोटेकोशी बाढी : तनहुँमा २३ शव भेटिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भोटेकोशी बाढी : तनहुँमा २३ शव भेटिए

    खबरपुञ्ज संवाददाता

    १० भाद्र २०८३, बिहीबार

    दमौली, ११ भदौ । रसुवाको भोटेकोशीमा बुधबार आएको बाढीले बगाएर ल्याएका २३ वटा शव तनहुँमा फेला परेका छन् । बुधबार ९ वटा शव फेला परेकामा आज थप १४ वटा शव भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले आज बिहानैदेखि त्रिशुली नदी आसपास प्रहरी टोली परिचालन गरिएको जानकारी दिए । खोजतलास तथा उद्धारका लागि प्रहरी उपरिक्षक टेकबहादुर कार्की, प्रहरी नायब उपरिक्षक घिमिरे, प्रहरी निरीक्षक प्रदीप सुवेदी, प्रहरी निरीक्षक अमृत लामिछाने, आशिष पोख्रेलको नेतृत्वमा टोली परिचालन गरिएको छ ।