निप्स तनहुँद्वारा बाढीपीडितका लागि ६५ हजार सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    निप्स तनहुँद्वारा बाढीपीडितका लागि ६५ हजार सहयोग

    खबरपुञ्ज संवाददाता

    १० भाद्र २०८३, बिहीबार

    दमौली ११ भदाै । नेपाल इन्स्योरेन्स प्रमोसन सोसाइटी (निप्स) तनहुँले बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावितको राहत तथा उद्धारका लागि रु ६५ हजार सहयोग गरेको छ।निप्स तनहुँले सञ्चालन गरेको आर्थिक सहयोग सङ्कलन अभियानमा दमौलीमा कार्यरत विभिन्न जीवन तथा निर्जीवन बीमा कम्पनीका कर्मचारी सहभागी भई उक्त रकम सङ्कलन गरेका हुन्।

    सङ्कलित रकम बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको अध्यक्ष रोबिन श्रेष्ठले जानकारी दिए।विपद्को समयमा बीमा क्षेत्रमा आबद्ध कर्मचारीहरूले देखाएको एकता, सद्भाव र सामाजिक उत्तरदायित्व प्रशंसनीय रहेको अध्यक्ष श्रेष्ठले बताए।