


दमौली, ११ भदौ । रसुवाको भोटेकोशी बाढीमा तनहुँका ६ जना सम्पर्कविहीन भएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले सम्पर्कविहिन भएका व्यक्तिका आफन्तले खोजतलासका लागि सहयोगको अनुरोध गरेको बताएको छ ।
सम्पर्कविहीन भनिएका व्यक्तिहरूमा भानु–१ का सञ्जीव गुरुङ, व्यवसायको सिलसिलामा टिमुरेतर्फ गएको बताइएको छ। त्यस्तै भन्सारका कर्मचारी ऑबुखैरेनी–३ का प्रेमप्रसाद सेढाईं, रसुवा हाइड्रोपावरमा कार्यरत ऋषिङ–७ का धनबहादुर आले सम्पर्कविहिन भएका छन् ।
यसैगरी टिमुरे प्रहरी चौकीमा कार्यरत भानु–११, रुपाकोटका विकासबाबु अधिकारी, त्रिशुली हाइड्रोपावरमा कार्यरत भानु–१०, चिसापानीका सुजन नेपाली र अनिल नेपाली सम्पर्कविहिन भएका छन् ।
उनीहरुको अवस्थाबारे सम्बन्धित निकायबाट खोजी तथा बुझ्ने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए ।
परिवारजन तथा सम्बन्धित सबैलाई आधिकारिक सूचनाबाहेक अपुष्ट समाचारमा विश्वास नगर्न र कुनै जानकारी प्राप्त भए सम्बन्धित सुरक्षा निकायमा जानकारी गराउन अनुरोध गरिएको छ।