रसुवा हाइड्रोपावरमा कार्यरत तनहुँका धनबहादुर आले सम्पर्कमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रसुवा हाइड्रोपावरमा कार्यरत तनहुँका धनबहादुर आले सम्पर्कमा

    खबरपुञ्ज संवाददाता

    १० भाद्र २०८३, बिहीबार

    तनहुँ ११ भदाै । रसुवा हाइड्रोपावरमा कार्यरत तनहुँको ऋषिङ गाउँपालिका–७ का धनबहादुर आले सम्पर्कमा आएका छन्। बाढीका कारण केही समयदेखि सम्पर्कविहीन रहेका आले रसुवाको धुन्चेमा सकुशल अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ।

    आले सम्पर्कमा आएपछि उनका परिवारजनमा रहेको चिन्ता हटेको छ। प्रशासनले बाढी प्रभावित क्षेत्रमा रहेका तथा सम्पर्कविहीन तनहुँवासीको खोजी तथा अवस्थाबारे जानकारी लिने कार्य भइरहेको जनाएको छ।