दमौलीका युवा व्यवसायीहरूद्वारा विपद् प्रभावितका लागि सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीका युवा व्यवसायीहरूद्वारा विपद् प्रभावितका लागि सहयोग

    खबरपुञ्ज संवाददाता

    ११ भाद्र २०८३, शुक्रबार

    तनहुँ, १२ भदौ । राष्ट्रिय विपद्को यस कठिन घडीमा दमौलीका केही युवा व्यवसायी तथा व्यवसायिक प्रतिष्ठानहरू एकजुट भई विपद् प्रभावितका लागि सहयोग गरेका छन्।

    मानवीय सहयोग र सामाजिक उत्तरदायित्वको भावनासहित गरिएको उक्त सहयोगलाई आगामी दिनमा पनि आवश्यकताअनुसार निरन्तरता दिने प्रतिबद्धता सहयोगीहरूले जनाएका छन्।

    व्यवसायी कुमार मल्लको नेतृत्वमा ५१ हजार १ सय ५१ सहयोग गरिएको हो ।

    सहयोग अभियानमा प्रकाश हड्खले, वीरु बस्याल, एकप्रसाद श्रेष्ठ, किन कुमार श्रेष्ठ, लायन प्रदीप मल्ल, किशोर श्रेष्ठ, ब्रजेश शाह, राजु गोशाली र विवेक सापकोटालगायत सहभागी रहेका छन्।

    त्यसैगरी पार्क प्रा.लि., रोयल प्यालेस दमौली, दमौली टायर, बेबी ल्याण्ड, फ्रेन्जी क्लोथिङ स्टोर्स, मल्ल प्रिन्ट्स, प्रजिता इन्टरप्राइजेज, राधेकृष्ण स्टोर्स, गोशाली स्पोर्ट्स तथा पिजन हिल रिसोर्ट एण्ड स्केटले समेत सहयोग गरेका छन्।

    विपद्का बेला पीडित नागरिकलाई राहत तथा आवश्यक सहयोग पुर्‍याउन निजी क्षेत्र र युवाहरूबाट गरिएको यस्तो सामूहिक पहलले सामाजिक उत्तरदायित्वको सकारात्मक सन्देश दिएको छ।