तनहुँमा ३१ शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा ३१ शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो

    खबरपुञ्ज संवाददाता

    १२ भाद्र २०८३, शनिबार

    दमौली, १३ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँका विभिन्न क्षेत्रमा खोज तथा उद्धारका क्रममा हालसम्म ३१ वटा शव फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि परिचालित प्रहरी टोलीले आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकाका विभिन्न स्थानबाट शव फेला पारेको हो ।

    प्रहरी टोलीले शुक्रबार पनि तीन वटा शव फेला पारेको छ । देवघाट गाउँपालिका–५ स्थित त्रिशुली नदीबाट ती शव फेला परेको हो ।

    भदौ १० गते ९ वटा शव र भदौ ११ गते १९ वटा शव फेला परेको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

    तनहुँमा फेला परेका शवमध्ये ८ वटा शव प्रदेश अस्पताल दमौलीमा राखिएको छ भने २३ वटा शव पोखरा पठाइएको छ ।

    फेला परेका शवको पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाइसकिएको प्रनाउ घिमिरेले बताए । बाढीका कारण हराइरहेका व्यक्तिको खोजी तथा उद्धार कार्य शनिबार पनि सञ्चालन गरिने उनले बताए ।