त्रिशूलीमा बगाएर ल्याएको बैंकको सेफ फोड्ने २९ जना पक्राउ, ९२ लाख बढी बरामद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    त्रिशूलीमा बगाएर ल्याएको बैंकको सेफ फोड्ने २९ जना पक्राउ, ९२ लाख बढी बरामद

    खबरपुञ्ज संवाददाता

    १२ भाद्र २०८३, शनिबार

    धादिङ १३ भदाै । धादिङमा त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ फोड्ने २९ जना पक्राउ परेका छन्।

    बाढीले बगाएर ल्याएको बैंकको सेफ फोड्ने २९ जनालाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पक्राउ गरेको सशस्त्रका सह-प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

    उनीहरूबाट ९२ लाख ६८ हजार ५०५ रूपैयाँ बरामद गरिएको पनि डिएसपी थापाले जानकारी दिए।

    जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी प्रकाश दाहालका अनुसार घटनामा केही व्यक्ति पक्राउ परेका छन्। 

    ‘सूचना आएपछि प्रहरी टोली गएको थियो। केही व्यक्तिलाई नियन्त्रणमा लिएका छौं। केही नगद फेला पनि परेको छ। यसबारे हामी छिट्टै विज्ञप्ती जारी गर्दैछौं,’ उनले भने।

    धादिङ-१ की रास्वपा सांसद आशिका तामाङले बैंकको सेफ फोडेर पैसाँ बाडिएको भनेर लगातार सामाजिक सञ्जालबाट आवाज उठाउँदै आएकी थिइन्।