


तनहुँ, १४ भदौ । रसुवा भोटेकोशी बाढीपश्चात् त्रिशुली नदीमा खोजतलास अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बाट आइतबार थप एक शव फेला परेको छ। फेला परेको शवलाई दमौली अस्पतालमा राखिएको छ।
हालसम्म तनहुँ जिल्लाको ऑबुखैरेनी र देवघाट क्षेत्रमा ३७ वटा शव फेला परिसकेको छ। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य सोमबार पनि निरन्तर सञ्चालन हुने प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।