जेसीआई व्यासनगर २०२३ द्वारा बाढीपीडितलाई ५१ हजार सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जेसीआई व्यासनगर २०२३ द्वारा बाढीपीडितलाई ५१ हजार सहयोग

    खबरपुञ्ज संवाददाता

    १३ भाद्र २०८३, आईतवार

    दमौली, १४ भदौ । जेसीआई व्यासनगर वर्ष २०२३ को कार्यकारिणी समितिले बाढीपीडित परिवारका लागि रु ५१ हजार २३ रुपैयाँ २६ पैसा आर्थिक सहयोग गरेको छ।

    तत्कालीन अध्यक्ष जेसी राजु रानाको नेतृत्वमा कार्यकारिणी समिति तथा जेसीज सदस्यहरूको पहलमा संकलित उक्त रकम बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि प्रदान गरिएको हो।

    अध्यक्ष रानाले पद र कार्यकाल समाप्त भए पनि समाजप्रतिको जिम्मेवारी निरन्तर रहने उल्लेख गर्दै विपद्को समयमा सकेको सहयोग गर्नु मानवीय दायित्व भएको बताए ।

    जेसीआई व्यास नगरले विगतमा पनि विभिन्न सामाजिक तथा मानवीय सेवाका गतिविधिहरू सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि समाजमा आवश्यक पर्ने क्षेत्रमा आफ्नो भूमिका निर्वाह गर्दै जाने प्रतिबद्धता जनाएको छ।