रसुवा बाढीपछि धुन्चेमा अलपत्र तनहुँका ९ जनाको उद्धार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रसुवा बाढीपछि धुन्चेमा अलपत्र तनहुँका ९ जनाको उद्धार

    खबरपुञ्ज संवाददाता

    १३ भाद्र २०८३, आईतवार

    तनहुँ, १४ भदौ । रसुवा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि धुन्चेमा अलपत्र परेका तनहुँका ९ जनाको आइतबार उद्धार गरिएको छ।

    उद्धार हुनेमा तनहुँका काजीबहादुर मिस्त्री, गणेशबहादुर जिसी, जानुका जिसी, सत्यादेवी जिसी, बालकुमारी मगर, राधा मगर, धिरमती मगर, अमृता मगर र सुमित्रा मगर रहेका छन्।

    बाढीपश्चात् प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र पारिएसँगै धुन्चेमा रहेका उनीहरूलाई सुरक्षित रूपमा उद्धार गरिएको हो। रसुवा भोटेकोशी क्षेत्रमा आएको बाढीपछि विभिन्न स्थानमा अलपत्र परेका नागरिकहरूको खोज तथा उद्धार कार्य निरन्तर जारी रहेको छ।