होटल व्यवसायी संघ तनहुँद्वारा बाढीपीडितका लागि ३८ हजार सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    होटल व्यवसायी संघ तनहुँद्वारा बाढीपीडितका लागि ३८ हजार सहयोग

    खबरपुञ्ज संवाददाता

    १५ भाद्र २०८३, मंगलवार

    तनहुँ १६ भदाै। बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि होटल व्यवसायी संघ तनहुँले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३८ हजार १ सय १० सहयोग गरेको छ।

    विपद्को समयमा प्रभावित नागरिकको पीडामा साथ दिन संघले उक्त रकम सहयोग गरेको जनाएको छ। संघका पूर्वउपाध्यक्ष एवं गण्डकी प्रदेश उपाध्यक्ष दुर्गाविलास भट्टराईले विपद्को घडीमा सबैले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने बताए।

    प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भइरहेका बेला पीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारसँगै निजी क्षेत्र, व्यवसायी, सामाजिक संघसंस्था तथा आम नागरिकको समेत भूमिका महत्वपूर्ण हुने उनकाे भनाइ छ ।

    होटल व्यवसायी संघ तनहुँले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाउँदै आगामी दिनमा पनि आवश्यकताअनुसार मानवीय सेवाका कार्यमा सहकार्य गर्ने जनाएको छ।