शव पहिचान गर्न आउने आफन्तलाई होटल व्यवसायी सङ्घ तनहुँद्वारा निःशुल्क खाने बस्ने सुविधा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शव पहिचान गर्न आउने आफन्तलाई होटल व्यवसायी सङ्घ तनहुँद्वारा निःशुल्क खाने बस्ने सुविधा

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०८३, बुधबार

    तनहुँ, १७ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका मृतकका शव पहिचान गर्न आउने आफन्तजनलाई होटल व्यवसायी सङ्घ तनहुँले निःशुल्क खाने बस्ने व्यवस्था गर्ने भएको छ ।

    बाढीका कारण ज्यान गुमाएका व्यक्तिका आफन्त शव पहिचानका लागि तनहुँ आउँदा उनीहरूलाई निःशुल्क भोजन तथा आवासको व्यवस्था गर्न लागिएको हो ।

    गत भदौ १० गते तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको जनधन तथा भौतिक संरचनाको क्षतिप्रति सङ्घले दुःख व्यक्त गरेको छ ।

    होटल व्यवसाय तथा पर्यटन क्षेत्र व्यवसायमा मात्र सीमित नभई विपद्का समयमा सुरक्षित आश्रय, भोजन तथा मानवीय सहयोग उपलब्ध गराउने महत्वपूर्ण सामाजिक साझेदारसमेत रहेको उल्लेख गर्दै सङ्घले स्थानीय प्रशासनसँग समन्वय गरी आफ्नो सामथ्र्यअनुसार राहत तथा मानवीय सहयोगमा सक्रिय रहने प्रतिबद्धता जनाएको छ ।

    सङ्घका अध्यक्ष गिरीबहादुर थापाले विपद्को पीडामा परेका नागरिकलाई सहयोग गर्नु सबैको मानवीय दायित्व भएको बताउँदै शव पहिचानका लागि आउने आफन्तजनलाई आवश्यक सहयोग गर्न आफूहरु तयार रहेको बताए ।