बाढीपीडितका लागि हैरान्स क्लवको ५१ हजार बढी सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    बाढीपीडितका लागि हैरान्स क्लवको ५१ हजार बढी सहयोग

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०८३, बुधबार

    दमौली, १७ भदौ । दमौलीस्थित हैरान्स क्लवले प्राकृतिक विपद्बाट प्रभावित बाढीपीडितहरूको राहत तथा सहयोगका लागि रु ५१ हजार ८ सय ६४ सहयोग गरेको छ।

    क्लवका अनुसार विपद्को कठिन परिस्थितिमा पीडित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुग्ने उद्देश्यले उक्त रकम संकलन गरी सहयोग गरिएको हो।

    प्राकृतिक विपद्का कारण प्रभावित नागरिकहरूको पीडामा थोरै भए पनि मलम लगाउने उद्देश्यले क्लवले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग रकम प्रदान गरेको हो ।