लागुऔषध सहित एक जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    लागुऔषध सहित एक जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०८३, बुधबार

    तनहुँ १७ भदाै । तनहुँमा प्रतिबन्धित लागुऔषध निट्राजेपामसहित एक जना पक्राउ परेका छन्। आँबुखैरेनी गाउँपालिका–४ बेनीटारस्थित पृथ्वीराजमार्गमा प्रहरीले जाँच गर्ने क्रममा पर्साको बहुदरमाई नगरपालिका–६ का ३१ वर्षीय ललन महरा पक्राउ परेका हुन्।

    वीरगञ्जबाट पोखरातर्फ आउँदै गरेको बा.प्र.००७ ख ०५६३ नम्बरको बसलाई पुलजिप तनहुँबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा महराले सपिङ झोलाभित्र लुकाइछिपाइ ल्याएको अवस्थामा प्रतिबन्धित लागुऔषध निट्राजेपाम (Nitrazepam) ५० पत्ता फेला परेको प्रहरीले जनाएको छ।

    लागुऔषधसहित पक्राउ परेका महरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।