भोटेकोशी बाढीका मृतकको सम्झनामा दमौलीमा दीप प्रज्वलन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भोटेकोशी बाढीका मृतकको सम्झनामा दमौलीमा दीप प्रज्वलन

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०८३, मंगलवार

    दमौली, २३ भदौ । रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा १३औँ दिनको पुण्यतिथिमा तनहुँको दमौलीस्थित व्यास नगरपालिका–३, प्रशासन चोकमा सोमबार सॉझ दीप प्रज्वलन गरिएको छ ।

    प्राकृतिक विपत्तिमा परी अकालमै ज्यान गुमाएकाहरूको आत्माको चीरशान्तिको कामना गर्दै तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्ने उद्घेश्यले विभिन्न सामाजिक तथा राजनीतिक सङ्घसंस्थाले छुट्टाछुट्टै दीप प्रज्वलन कार्यक्रम आयोजना गरेका हुन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) व्यास नगर समितिको आयोजनामा प्रशासन चोकमा दीप प्रज्वलन गरिएको थियो। कार्यक्रममा सहभागीहरूले दीप बाल्दै विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।

    रास्वपा तनहुँका सभापति विश्व बास्तोलाले अकल्पनीय रूपमा आएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएको बताए । प्राकृतिक विपत्तिले धेरै परिवारलाई अपूरणीय पीडा दिएको उल्लेख गर्दै उनले मृतकप्रति श्रद्धाञ्जली र पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गरे ।

    “यो विपत्ति केवल एउटा क्षेत्रको पीडा होइन, सम्पूर्ण देशकै साझा पीडा हो,” सभापति बास्तोलाले भने, “यस्तो दुःखद घडीमा सबै एकजुट भएर पीडित परिवारको साथमा उभिनु आवश्यक छ ।” उनले विपत्तिबाट प्रभावित परिवारको राहत, उद्धार र पुनःस्थापनाका लागि राज्यसँगै राजनीतिक दल, सामाजिक संघसंस्था र आमनागरिकले पनि आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिए ।

    त्यसैगरी, पतञ्जली योग समिति तनहुँ, लायन्स क्लब तथा लियो क्लब तनहुँले पनि प्रशासन चोक क्षेत्रमा छुट्टाछुट्टै दीप प्रज्वलन कार्यक्रम आयोजना गरी बाढीमा ज्यान गुमाएकाहरूको स्मरण गरेका थिए ।