जेनजी आन्दोलनको सन्देश सुशासनको माग हो : पूर्वप्रधानमन्त्री कार्की
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    जेनजी आन्दोलनको सन्देश सुशासनको माग हो : पूर्वप्रधानमन्त्री कार्की

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०८३, मंगलवार

    काठमाडौँ, २३ भदौ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई सुशासन, जवाफदेहिता र नागरिक सम्मानको स्पष्ट सन्देश दिएको बताएकी छन् ।

    भदौ २३ गते एक वर्षअघि भएको पीडादायी घटनाको स्मरण गर्दै उनले आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिन्।

    कार्कीले राजनीतिक स्थायित्व संसदीय गणितले मात्र नभई शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्ने उल्लेख गर्दै सुशासन, भ्रष्टाचार नियन्त्रण र विधिको शासनका लागि प्रभावकारी काम गर्न सरकारसँग अपेक्षा गरेकी छन् ।

    उनले जेनजी आन्दोलनबाट भएको जनधनको क्षतिको पीडा नसकिँदै देश भोटेकोशी बाढीको अर्को विपद्बाट गुज्रिरहेको उल्लेख गर्दै धैर्य, जिम्मेवारी र एकताका साथ विपद्को सामना गर्न सबैलाई आग्रह गरिन् ।