


दमौली, २३ भदौ । जेनजी सहिद दिवसका अवसरमा मंगलबार साँझ व्यास नगरपालिका–३ स्थित प्रशासन चोकमा दीप प्रज्वलन गरिएको छ।
सामाजिक अभियन्ता सुदीप गफ्फारको नेतृत्वमा जेनजी आन्दोलनका क्रममा सहिद भएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएको हो। कार्यक्रममा सहभागीहरूले सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको योगदानको स्मरण गरेका थिए।
यस्तै, लियो क्लब अफ तनहुँको आयोजनामा पनि मंगलबार साँझ व्यास–३ प्रशासन चोकमा जेनजी आन्दोलनका सहिदहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ। कार्यक्रममा सहभागीहरूले दिवंगत सहिदहरूको आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए।