प्रधानमन्त्री उद्धार कोषमा व्यास नपाको रु २१ लाख सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रधानमन्त्री उद्धार कोषमा व्यास नपाको रु २१ लाख सहयोग

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०८३, मंगलवार

    दमाैली २३ भदाै । यहाँको व्यास नगरपालिकाले बाढीपीडितको राहत र पुनस्थापनका लागि रु २१ लाख भन्दा बढी सहयोग गरेको छ । नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २१ लाख ३९ हजार पाँच सय ६५ सहयोग गरेको हो ।

    नगरपालिकाको विपद् पुनस्थापन कोषबाट रु पाँच लाख ५१ हजार र जनप्रतिनिधि तथा कर्मचारीको पारिश्रमिकबाट रु १५ लाख ८८ हजार पाँच सय ६५ उद्धार कोषमा जम्मा गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए । उनले नगरपालिका अन्तर्गतका सम्पूर्ण शिक्षकहरुलाई समेत विद्यालयमार्फत् सहयोग रकम सङ्कलन गरी जम्मा गर्न अनुरोध गरिएको बताउनुभयो ।

    गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट व्यास नगरपालिका–५ का आकृति कुमाल, व्यास नगरपालिका–७ का प्रताप राना बेपत्ता भएकामा खोजतलास तथा उद्धारका लागि नेपाल सरकार र प्रदेश सरकारलाई आवश्यक पहल गरिदिन अनुरोध गरिएको छ ।