पहिरोले किम्रुङ खोला थुनियो, पर्वत र कास्कीमा अलर्ट जारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पहिरोले किम्रुङ खोला थुनियो, पर्वत र कास्कीमा अलर्ट जारी

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०८३, मंगलवार

    पर्वत, २३ भदौ । पहिरो जाँदा पर्वतस्थित किम्रुङ खोला थुनिएको छ भने तल्लो तटीय क्षेत्र कालिगण्डकी दोभानसम्म सतर्कता अपनाउन अनुरोध गरिएको छ।

    बाढी पूर्वानुमान महाशाखाले मंगलबार राति ८ः४० बजे सूचना जारी गरी किम्रुङ खोला थुनिएकाले बाढीको जोखिम रहेको जनाएको छ। महाशाखाका अनुसार, जिल्ला प्रशासन कार्यालय, पर्वतले किम्रुङ खोला थुनिएको जानकारी दिएको छ।

    पर्वतस्थित किम्रुङ खोलामा पहिरो गएको हो। यो मोदी खोलाको शाखा खोला हो।

    पहिरोले थुनिएको किम्रुङ खोलका कारण बाढीको जोखिम रहेको महाशाखाले कालिगण्डकी दोभानसम्मको तल्लो तटीय क्षेत्रमा पर्ने नयाँपुल, वीरेठाँटी र आसपासको बस्तीका बासिन्दालार्य सुरक्षित स्थानमा जान अनुरोध गरेको छ।

    त्यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीबाट आएको सूचनाअनुसार किम्रुंग खोलामा पहिरो खसेर खोला थुनिएकोले नयॅापुल, बिरेठाँटी र आसपासका बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा लैजान र आवश्यकता अनुसार प्रतिकार्य गर्न एवं मोदी खोला आसपास सतर्कता अपनाउन अनुरोध गरिएको छ।

    यससँगै मोदी नदी करिडोरमा आवागमन नगर्न पनि महाशाखाले सचेत गराएको छ।